यतिको धुँवासँगै विलिन भए पोखराका होनहार पत्रकार

पाेखरा | माघ १, २०७९

यतिको धुँवासँगै विलिन भए पोखराका होनहार पत्रकार

पोखराः यति एयरलाइन्सको विमान काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटना हुँदा पोखराले होनहार पत्रकार त्रिभुवन पौडेललाई गुमाएको छ । 

 

अवतरणकाक्रममा सेती खोंचमा विमान दुर्घटनापछि रिपोर्टिङ गर्ने क्रममा जब यात्रुहरुको सूची प्राप्त भयो तब पत्रकारबीच खैलाबैला भयो । सूचीमा उल्लेख भएको नाम देखेपछि अत्तालिएका पत्रकारहरुले अन्ततः पौडेललाई गुमाएका छन् । 

 

पत्रकार महासंघ कास्की सभापति विमला भण्डारीले पत्रकार पौडेलको शव पहिचान भएको बताएकी छिन् । भण्डारीले भनिन्, ‘उहाँको शव भेटिएको छ, र परिचयपत्रसमेत भेटिएको छ ।

 

पौडेलका अनन्य मित्र एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले पनि दुखित मुद्रामा खबर सत्य भएको बताए । 

 

‘सेती खोंचमा यतिको धुँवासँगै विलिन भए त्रिभुवन’ ज्ञवालीले भने ‘हामी अपत्यारिलो खबर स्वीकार्न बाध्य भयौं ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका अनुसार हालसम्म ६९ जनाको शव फेला परिसकेको छ । जसमध्ये ३४ शव गण्डकी अस्पताल र ३२ शव दुर्घटनास्थलमै छ । 

 

बाँकी रहेका ३ शव क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ । 

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत हुन् । 
 

 

जुझारु, सहयोगी र प्रेस स्वतन्त्रका हिमायती पौडेलको मृत्युपछि पोखरेली पत्रकारहरु शोकमा रहेका छन् । सेन्टरको राजधानीमा आयोजित बैठकबाट पौडेल पोखरा फर्कदै थिए । 

 

विवाहित पौडेलका एक छोरा छन् । 
 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्